scheduleशुक्रवार माघ १० गते, २०७६

विश्वकप छनोट : नेपालले खेल्ने ३ वटा खेल दशरथ रंगशालामा हुने

काठमाडौं, २ साउन । सन् २०२२ मा कतारमा हुने  फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणका ३ वटा खेल निर्माणाधीन दशरथ रंगशालामा आयोजनना हुने तयारी भइरहेको छ ।

विश्वकप छनोट दोस्रो चरणअन्तर्गत नेपालले खेल्ने ३ खेल दशरथ रंगशालामा खेलाइने तयारी भइरहेको राष्ट्रिय खेलकूद परिषदले जनाएको हो ।

दोस्रो चरणका लागि छनोट भएका एसियाली राष्ट्रमध्ये नेपाल समूह  ‘बी’ मा परेको छ । यो समूहमा नेपालसहित जोर्डन, चाइनिज ताइपेइ, कुवेत र अष्ट्रेलिया छन् ।

नेपालले ३ महिनाभित्र ३ वटा खेल घरेलु मैदानमा खेल्ने तयारी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि मैदानमा चाहिने अत्यावश्यक पूर्वाधार बनाउन बिहीबारदेखि दौडधुप सुरू गरेको छ।

नेपालले भदौ १९ गते घरेलु मैदानमा कुवेतविरुद्ध पहिलो खेल खेल्ने तय छ। यस्तै नेपालले भदौ २४ मा चाइनिज ताइपेई र असोज २८ गते जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ।

विश्वकप छनोटका खेल अन्तर्राष्ट्रिय मापदण्ड पुगेको रंगशालमा खेलाउनु पर्ने र नेपालमा निर्माणाधीन दशरथ रंगशाला मात्रै अन्तर्राष्ट्रिय स्तरको छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय