scheduleशनिवार भाद्र ७ गते, २०७६

दुई मोटरसाइकल ठक्कर खाँदा वडाध्यक्षको मृत्यू

सांकेतिक तस्बिर
बैतडी, २ साउन । दुई मोटरसाइकल एकआपसमा जुध्दा एक वडाध्यक्षको मृत्यू भएको छ । दुर्घटनामा परी सुर्नया गाउँपालिका-१ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्दको मृत्यू भएको हो ।

बिहीबार अपराह्न ४ बजेतिर सतबाझबाट खोचलेक जाने क्रममा सिन्केलेकमा अध्यक्ष सवार से१प १११४ नम्बरको मोटर साइकलल र विपरित दिशाबाट आउँदै गरेको म२प ६६३३ नंं को चन्द्रसिंह ऐरको मोटरसाकल एक आपसमा ठोकिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते अध्यक्ष चन्दलाई उपचारको लागि प्राथमिक स्वस्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोकटीका अनुसार मोटरसाइकल चालक चन्द्रसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage