scheduleसोमवार मंसिर २ गते, २०७६

सार्वजनिक भयो स्वास्थ्य समूहका विभिन्न तहका कर्मचारी समायोजन सूची

काठमाडौं, २ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न तहका स्वास्थ्यकर्मीहरूको समायोजन सूची आज सार्वजनिक गरेको छ । मन्त्रालयले मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासक लगायत ४ क्षेत्रका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको हो ।

समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।

३ पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ । वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ/कन्सलटेन्ट आयुर्वेद विज्ञ ९/१० औ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यसअन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ ।

कम्यूनिटी नर्सिङ प्रशासक ९ र १० औँ तहअन्तर्गत १ जना रहेका छन् । जसलाई सङ्घअन्तर्गत नै राखिएको छ । वरिष्ठ अस्पताल नर्सिङ प्रशासक/अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage