scheduleआइतवार भाद्र ८ गते, २०७६

धनगढीको सहिदगेटमा शक्तिशाली बम विस्फोट


धनगढी, २ साउन । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ । बिष्फोटमा परी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय निलम होटल अगाडि विस्फोट भएपछि होटेलका सञ्चालक पाण्डे पनि घाइते भएका हुन् । सुरुमा सिलिन्डर बम विस्फोट भएको हल्ला भए पनि शक्तिशाली बम विस्फोट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा ९ एमएमको पेस्टोल पनि बरामद भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले टिफिनबक्समा राखिएको वस्तु विस्फोट भएको खुलेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage