scheduleआइतवार भाद्र १ गते, २०७६

‘बार्सिलोना बल्ल बलियो टोली बन्यो’

काठमाडौँ, ३ साउन । ब्राजिलियन लिजेण्ड रिभाल्डोले बार्सिलोनाले ग्रिजम्यान अनुबन्ध गरेकोमा खुसी व्यक्त गरेका छन् ।

उनले बार्सिलोना बल्ल च्याम्पियन्स लिगको दाबेदार भएको बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोना बलियो टिम हो । ग्रिजम्यान आएपछि थप बलियो बनेको बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावना बलियो देखिन्छ । क्लबले सही खेलाडीको छनोट गरेको छ ।’

बार्सिलोनाले गरेको लगानीका कारण पनि खेलाडीहरुमा पनि थप जिम्मेवारी थपिएको उनले बताए ।

उनले भनेका छन्, ‘नेयमार फर्कन सक्ने सम्भावना अति नै न्युन रहेको छ । पिसजीले खेलाडीहरुमा ठुलो लगानी गरेको छ । सहजै क्लब छोड्नु कठिन छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage