scheduleआइतवार भाद्र ८ गते, २०७६

डा. सिके राउतको जीवनीमा चलचित्र बन्ने

काठमाडौँ, ३ साउन । डा. सिके राउतको जीवनीमा चलचित्र बन्ने भएको छ । एक पत्रकार सम्मेलनमा ‘डाक्टर सिके राउत दि प्यासन’ नाममा चलचित्र बन्न लागेको जानकारी दिइएको हो ।

यो चलचित्रमा ५० प्रतिशत राउतको जीवनमा आधारित कथा र ५० प्रतिशत फिल्मी कथामा चलचित्र बन्ने निर्माण पक्षले जनाएको छ ।

विजेता गिरीको प्रस्तुति रहने यो चलचित्रलाई राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्दैछ । चलचित्रलाई सन्तोष शाहले निर्देशन गर्न लागेका हुन् । भोजपुरी चलचित्रका सफल कलाकार परदेशी शाहले सिके राउतको भूमिका निर्वाहा गर्नेछन् । साथै ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतको अभिनय रहनेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage