scheduleबिहिवार मंसिर ५ गते, २०७६

भारतबाट पाइपलाइनमार्फत् पहिलोपटक नेपालमा इन्धन


बारा, ३ साउन । नेपाल र भारत दुबै देशको बहुप्रतिक्षित आयोजना मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट आज पहिलोपटक ईन्धन ल्याईने भएको छ । सम्झौताको २५ वर्षपछि परियोजना सम्पन्न भएपछि ईन्धन आउन लागेको हो ।

सन् २००४ मा सम्झौता भएर वि.सं.२०७२ सालबाट निर्माण सुरु भएको यो परियोजना निर्माण सम्पन्न भएपश्चात् विभिन्न चरणमा परीक्षण गरिएको थियो ।

परियोजनाका ईन्जिनियर शरद पौडेलका अनुसार शुक्रबार बिहानसम्म अन्तिम पटक पानी पठाएर परीक्षण भइरहेको छ । पानीको परीक्षण सकिएलगत्तै पाईपमार्फत् डिजल झारिने पौडेलले उनले बताए ।

‘यसको गुणस्तर र सुरक्षा जाँचका लागि विभिन्न चरणमा परीक्षण गर्‍यौं,’ पौडेलले भने, ‘अन्तिम पटक अहिले बिहान ६ बजे पानी पठाएर परीक्षण गरेका छौं, अब डिजल ल्याईनेछ ।’ उनका अनुसार आज दिउँसोसम्म मोतिहारीबाट पाइपमार्फत् अमलेखगञ्ज डिपोमा डिजेल खस्नेछ ।

त्यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्यांकी तयारी अवस्थामा छन् । पानी परीक्षणलगत्तै आउने डिजलको अग्र भागमा पानी मिसिने भएकाले उक्त तेल अमलेखगञ्जमा निकालिएपछि प्रशोधन गरेर पानी र तेल छुट्याइने छ ।

त्यसको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि अमलेखगन्जमा तयारी अवस्थामा रहेको पौडेलले जानकारी दिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage