scheduleशनिवार भाद्र ७ गते, २०७६

दार्चुलाका एक वृद्ध चमेलिया नदीमा बेपत्ता


दार्चुला, ३ साउन । दार्चुलाको मार्मा गाउँपालिकाका एक बृद्ध चमेलिया नदीमा बेपत्ता भएका छन् । मार्मा गाउँपालिका वडा नम्बर ६ तिम्लाडेरा बस्ने करिब ६७ वर्षका हरिमल सिंह धामी नुहाउने क्रममा हिजो चमेलिया नदीमा बेपत्ता भएका हुन् ।

मार्मा गाउँपालिका वडा नम्बर ६ घरभइ मार्मा ३ बिन्थी बस्दै आएका धामी विहीबार दिउँसो चमेलिया नदीमा नुहाउने क्रममा बेपत्ता भएको उनका आफन्त पानसिँह धामीले बताए ।

दिउँसो नुहाउन गएका बेला नदीमा पानीको बहाव बढी भएकाले बेपत्ता भएको र साँझसम्म फेला पार्न नसकिएको धामीले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage