scheduleशनिवार भाद्र ७ गते, २०७६

वर्षाले सडक बिगारेपछि यातायात सेवा बन्द


दाङ, ३ साउन । बर्षायामसँगै सडक चिराचिरा परेपछि दाङका अधिकांश ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले विगारेपछि दर्जनबढी सडक सञ्चालन हुन नसकेका हुन् ।

पहाडी तथा विकट ठाउँमा खुलेका ग्रामीण सडक पानीले बिगार्दा यातायात सेवा प्रभावित बनेको छ । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर १ का भाङाबारी, जौबारी, गंगते ग्रामीण सडक, छहरा हुँदै कप्ताने, सिमलकुना, जिला ग्रामीण सडक, वडा नम्बर ७ को कृष्णपुर, सिमलकुना, डाँडागाउँ, ढोलपुर हुँदै मलई ग्रामीण सडक बन्द भएको छ ।

यस्तै, दंगिशरण गाउँपालिका वडा नम्बर १ का फुर्केसल्ली, ठाँटी, कालितरा ग्रामीण सडक बन्द भएको स्थानीयले बताएका छन् । बाटो बिग्रिएपछि शान्तिनगर गाउँपालिका वडा नम्बर १ का विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधन सञ्चालन हुन छोडेको छ ।

यातायात सेवा पूर्णरुपमा बन्द भएका ग्रामीण क्षेत्रमा निकै समस्या भएको स्थानीयले बताएका छन् । यातायात सेवा बन्द हुँदा वडा, गाउँपालिका, बजारलगायत गन्तब्यमा जानेहरु घण्टौं लगाएर पैदल हिड्न बाध्य भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage