scheduleआइतवार भाद्र ८ गते, २०७६

२० वर्षदेखि बन्द छात्रवास पुनः सुरु


गोरखा, ३ साउन । विजया भवानी माध्यमिक विद्यालय गण्डकी गाउँपालिका मकैसिङले करिवब २० वर्ष पहिलेबाट बन्द भएको छात्रावास पुनः सञ्चालन गरेको छ ।

यसवर्ष एसईई दिने २८ जना विद्यार्थीलाई केन्द्रीत गरी अनिवार्य छात्रवासको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले जानकारी दिए ।

दुई तिहाई जनजातिको बाहुल्यता रहेको यस विद्यालयमा एसईई राम्रो रिजल्ट ल्याउने उद्देश्यले कक्षा १० का विद्यार्थीलाई अनिवार्य छात्रवासमा राख्ने कामलाई निरन्तरता दिईएको गुरुङको बताए । अहिले छात्रवासमा कक्षा १० का ११ जना केटा, १७ जना केटी र कक्षा ८ का ३ जना केटी गरी कुल ३१ जना विद्यार्थीहरु छात्रवासमा बस्दै आएका छन् ।

बर्षे विदामा घरमा वस्दा पहिले पढेका कुरा बिर्सने र उनीहरुलाई कोचिङ कक्षासँगै अनिवार्य होस्टेलमा राखेर शैक्षिक उपलब्धि वृद्धि गरिने श्री विजया भवानी माध्यमिक विद्यालयका होस्टेल इन्चार्ज तथा निमित्त प्रधानाध्यापक संगम तिवारीले जनाए ।

होस्टेल सञ्चालन गर्न ठाकुर गुरुङ प्रशासक, संगम तिवारी होस्टेल इन्चार्ज, विष्णु प्रसाद पाठक होस्टेल छात्र वार्डेन, निर्मला घिमिरे होस्टेल छात्रा वार्डेन र यान कुमारी पुलामी श्रेष्ठलाई कर्मचारीको रुपमा नियुक्त गरिएको छ ।

बिहान ५ वजेदेछि राति १० बजेसम्म समय तालिका अनुरुप शिक्षण, अभ्यास, मनोरञ्जन, खेलकुद, खाजा, खाना, करेसाबारीमा काम लगायत काममा विद्यार्थीलाई सहभागी गराईने होस्टेल प्रशासनले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage