scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

अमेरिकाले झुक्किएर आफ्नै ड्रोन खसाल्यो

एजेन्सी, ३ साउन । अमेरिकाले झुक्किएर आफ्नै ड्रोन खसालेको एक जना वरिष्ठ इरानी कुटनीतिज्ञले बताएका छन् ।

इरानका उपविदेशमन्त्री अब्बास अराक्चीले इरानको कुनै पनि ड्रोन ध्वस्त नभएको बताएका छन् । स्ट्रेट अफ होर्मुजमा अमेरिकाद्वारा खलासिएको भनिएको ड्रोन अमेरिकाको नै भएको उनको भनाइ छ ।

अमेरिकाले आफ्नै ड्रोनलाई इरानी ड्रोन भनेर ध्वस्त गरेको अब्बासले भने ।

‘स्ट्रेट अफ होर्मुज र अन्य क्षेत्रमा इरानको कुनै पनि ड्रोन ध्वस्त भएको छैन । बरु अमेरिकाले झुक्किएर आफ्नै ड्रोन खसालेको हो’, अब्बासले आफ्नो ट्विटरमा लेखेका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपतिले इरानी ड्रोन खसालेको दाबी गरेपछि अब्बासको यस्तो टिप्पणी गरेका हुन् । इरानी ड्रोनले पटक-पटक दिएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी जल सेनाले इरानी ड्रोन ध्वस्त पारेको ट्रम्पको दाबी थियो ।

पछिल्लो समय अमेरिका र इरानबीच पर्सियाको खाडीमा तनाब चर्कँदै गएको छ । केही समयअघि इरानी सेनाले अमेरिकाको अत्याधुनिक ड्रोन खसालेपछि दुबै देशबीचको तनाब उत्कर्षमा पुगेको हो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage