scheduleआइतवार भाद्र ८ गते, २०७६

अब स्मार्टफोनबाट नियन्त्रण हुन्छ मानिसको मष्तिष्क !


क्यालिफोर्निया, ३ साउन । टेस्लाको कार्यकारी प्रमुख र स्पेस-एक्सका संस्थापक एलन मस्कले एउटा रोचक काम गरेका छन् । उनले न्यूरोलिंक मानिसमार्फत् मानिसको दिमाग पढ्ने र उसको रोगको समय नियन्त्रित गर्ने काम गरिरहेका छन् । मस्कले बुधबार एउटा प्रविधि तथा एक लचकदार चिप प्रस्तुत गरेका छन् । त्यसलाई मानिसको मष्तिष्कमा राखिने बताइएको छ ।

एलनका अनुसार यो डिभाइसको प्रयोग स्मरण शक्ति बढाउन, ब्रेन स्ट्रोक वा अन्य न्यूरोलोजिकल रोगीमाथि गरिन्छ । यसका साथै, प्यारालाइसिसको बिरामीका लागि पनि यो फाइदाजनक हुन्छ । यसको मद्दतले मानिसको मष्तिष्क पढ्न सकिन्छ र तथ्यांक एकीतृत गर्न सकिन्छ । न्यूरोलिंकका अनुसार अहिलेसम्म यसको परीक्षण बाँदर र मुसामाथि गरिसकिएको छ । यी परीक्षणहरु सफल भएको न्यूरोलिंकको दावी छ ।

यो चिप एकदमै पातलो हुन्छ र एक हजार तारहरु जोडेर बनाइएको हुन्छ । यसलाई बनाउन दुई वर्षभन्दा बढी समय लागेको छ । यसलाई रोबोटमार्फत् मष्तिष्कमा इन्स्टल गरिन्छ । सर्जन इस रोबोटको मद्दतबाट मानिसको मष्तिष्कमा २ मिलिमिटर प्वाल पारिन्छ । त्यही प्वालबाट यसलाई डिभाइसमा लगाइन्छ ।

यसले मानिसको व्यवहारमा हुने उतारचढावलाई पनि अध्ययन गर्न सकिन्छ । २०२० को सुरुवातमा यसलाई मानवमाथि प्रयोग गर्ने अनुमति लिइनेछ ।

यसलाई वायरलेसमार्फत् अर्को डिभाइसमा कनेक्ट गर्न सकिन्छ । मानव मष्तिष्कलाई यसमार्फत् सिधै स्मार्टफोन वा कम्प्युटरमा जोड्न सकिन्छ ।

एक अमेरिकी मिडियाका अनुसार एलन मस्अकले न्यूरोलिंक स्टार्टअपमा १०० मिलियन डलर लगानी गरेका छन् । यसको मुख्यालय सन फ्रान्सिस्कोमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage