scheduleबिहिवार भाद्र ५ गते, २०७६

अफ्रिकन च्याम्पियन बन्न सेनेगल र अल्जेरिया भिड्दै, सबैको ध्यान माने र महारेजमाथि

एजेन्सी, ३ साउन । अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल र अल्जेरिया भिड्दै छन् ।

उपाधिका लागि सेनेगल र अल्जेरियाबीचको खेल नेपाली समयानुसार आज राति १२: ४५ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै उपाधि हात पार्ने दाउमा मैदान उत्रने छन् ।

यसअघि अल्जेरियाले सन् १९९० मा अफ्रिका कप जितेको थियो । तर सेनेगल भने हालसम्म उपाधि हात पार्न सकेको छैन ।

सेमिफाइनलमा सेनेगलले टुनिसियालाई र अल्जेरियाले नाइजेरियालाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।

इजिप्टमा जारी प्रतियोगितामा सेनेगल र अल्जेरियाबीच पहिलो पटक फाइनल खेल हुन लागेको हो।

आजको खेलमा विशेषगरी प्रिमियर लिगका २ जना चर्चित मिडफिल्डरले सबैको ध्यान तान्ने भएका छन् । कतिपयले आजको फाइनल खेललाई रियाद महारेज र सादियो मानेबीचको प्रतिस्पर्धा भनेर समेत विश्लेषण गरेको सुनिन्छ ।

स्मरणीय छ, अल्जेरियाका कप्तान रियाद महारेज म्यान्चेष्टर सिटीबाट खेल्छन् । यता सेनेगलका कप्तान सादियो माने लिभरपुलबाट खेल्छन् । यी दुबै जना खेलाडीको विश्वभर नै चर्चा हुने गर्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage