scheduleआइतवार भाद्र ८ गते, २०७६

सुनको भाउ फेरि बढ्यो, आज हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं, ३ साउन । आज शुक्रबार सुनको कारोबार हालसम्मकै उच्च मूल्यमा भएको छ ।

शुक्रबार सुनको कारोबार प्रति तोला ६५ हजार ५ सय रुपैयाँमा भएको हो । यसअघि असार ६ गते  सुनको भाउ तोलाको ६५ हजार पुगेको थियो ।

यसबीचमा सुनको कारोबार प्रति तोला ६४ हजार रुपैयाँदेखि ६५ हजारमा मात्रै सीमित रहेको थियो । तर शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

विगत ७ दिनको कारोबारलाई हर्ने हो भने सुनको मूल्य स्थिर देखिन्छ। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेकाले यसको असर नेपाली बजारमा देखिएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage