scheduleआइतवार भाद्र ८ गते, २०७६

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा असई पक्राउ

रौतहट, ३ साउन । बलात्कारको आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षणक (असई) लाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । साहमाथि २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बारा जिल्लाको महागढीमाइ नगरपालिका घर भइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत साहमाथि असार ३१ गते चन्द्रनिगाहपुरस्थित माउन्ट एरिवा गेस्ट हाउसमा २० वर्षीया युवतीलाई ‍जबर्जस्ती करणी गरेको आरोप छ ।

पीडित युवतीका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि पक्राउ परेका असई साहमाथि ५ दिनको म्याद थपेर थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage