scheduleआइतवार भाद्र ८ गते, २०७६

अख्तियारले मुद्दा दायर गरेका पूर्वकर्मचारीद्वारा हाम फालेर आत्महत्या

काठमाडौं, ३ साउन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका एकजना पूर्व कर्मचारीले  हाम फालेर आत्महत्या गरेका छन् ।

आयोगका पूर्व कर्मचारी एवं सदस्य राम बहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।काठमाडौंस्थित त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर उनले बिहीबार आत्महत्या गरेका हुन् ।

अख्तियार अनुसन्धान आयोगले क्षेत्रीविरुद्ध परीक्षार्थीको नम्बर थपघट गरेको आरोपमा मुद्दा दायर गरेको छ । क्षेत्रीसहित त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत १० जनाविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर भएसँगै लमजुङ घर भएका ६७ वर्षीय क्षेत्री मानसिक तनावमा रहेको उनी निकटले बताएका छन् ।

बिहीबार कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म गएका थिए । उनले सोही समयमा हाम फालेर आत्महत्या गरेका थिए।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage