scheduleआइतवार भाद्र ८ गते, २०७६

‘आकाशको उचाई र जीवनको आयू कसलाई के थाहा ?’

काठमाडौं, ३ साउन । शून्य आकाशतिर औंला तेर्स्याउँदै, कालो चश्मा लगाएर आकाशको उचाई र जीवनको आयूसँग तुलना गर्ने युवा अब यो संसारमा छैनन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा अन्तिम स्टाटसको रुपमा लेखेका थिए, ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

सम्भवतः बम बनाउँदै गर्दा हो जोखिमको बाटो रोजिरहँदा उनलाई मृत्यूको भय वा पूर्वाभास भएको थियो कि ?

अब यी प्रश्न र अनुमानहरु अनुमान मात्र रहे । उनले त्यो स्टाटस किन लेखे भन्ने प्रश्नको उत्तर दिन अब उनी हामीसँग छैनन् ।

स्टाटस लेखेको तीन दिनपछि नै उनी यो संसारबाट बिदा भए । आफैंले बोकेको बम बिस्फोट भएर पीडादायी मृत्यू मरेका राम सिंहको मृत्यूपछि प्रश्न उब्जिएको छ- के मानिसले आफ्नो मृत्यूबारे केही संकेत पाउँछ ? कि राम सिंहको फेसबुक स्टाटस संयोग मात्र हो ?

यी प्रश्नहरुको उत्तरबारे घोत्लिने अवसर अब सिंहसँग छैन । उनी बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा परी घाइते भए र उपचारको क्रममा २७ वर्षको उमेरमै मृत्यूको बाटो रोजे ।

सिंहको घर बझाङ जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी पर्छ ।

उनले फेसबुकमा केही तस्बिरहरु र पार्टीसम्बन्धि समाचारहरु शेयर गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनका तीन दाजुभाइ छन् ।

उता सिंहआवद्ध विप्लव नेतृत्वको नेकपाले बम विस्फोटमा परी मृत्यू भएका सिंहलाई सहिद घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकाली ‘पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गरेका रामबहादुर सिंह ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा’ गरेका हुन् ।

व्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमा भनेका छन्, ‘यस घटनाले सर्वसाधरण नागरिकहरुमा पर्न गएको असजताप्रति दुःख व्यक्त गर्दछौं । यो दुःखद घटनाको पछाडिको मुलकारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासीवाद सरकारले दिनुपर्दछ ।’

 

 

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage