scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

मौसम पूर्वानुमान: केही स्थानमा भारी वर्षाको संभावना, सामान्य सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ साउन । आज शुक्रबार देशभर मनसुनी गतिविधि न्यून हुँदै गएको छ । मनसुनको न्युन चापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि कम सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल देशभरको समग्र मौसमी अवस्था सामान्य रहेको छ । अहिले देशको पूर्वी तथा मध्य क्षेत्रमा सामान्य देखि आंशिक बदली भइरहेको छ । त्यस्तै पूर्वी र मध्य क्षेत्रका केही भागमा र पश्चिमी क्षेत्रका १/२ स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसम  पूर्वानुमान महाशाखाको वेबसाइट अनुसार मुलुकभर आगामी ३ दिन निम्न अनुसारको मौसमी अवस्था रहने छ :

साउन ३ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ।  देशका मध्य र पूर्वी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ

साउन ४ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

राती: देशभर सामान्य वदली रही देशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरे वाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay