scheduleसोमवार भाद्र २ गते, २०७६

ज्याला १५ डलर बनाउने विधेयक अमेरिकी तल्लो सदनबाट पारित


काठमाडौं, ३ साउन । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले संघीय न्यूनतम् ज्याला सन् २०२५ सम्ममा प्रति घन्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन ‘सिनेट’ले भने उक्त विधेयक पारित नगर्ने सम्भावना देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम् ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम् ज्याला प्रति घन्टा ७.२५ डलर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage