scheduleआइतवार भाद्र ८ गते, २०७६

अवरुद्ध मेची राजमार्ग आज पनि खोलिएन


पाँचथर, ३ साउन । बुधबार रातिदेखि झेरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग आज पनि सूचारु हुन सकेन । राजमार्गको इलाम–फिदिम सडक खण्डको पाँचथरस्थित फाल्गुनन्द गाउँपालिका–३, पाङ्ग्रेभीरमा पहिरो झरेको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो ।

शुक्रबार अपरान्हदेखि पहिरो झर्ने क्रम केही रोकिएकाले स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका इन्चार्ज जनक तिम्सिनाले जानकारी दिए ।

आज राति ठूलो बर्षा भएन भने शनिबार अपरान्हसम्ममा राजमार्ग सूचारु हुने उनले बताए । पहिरोका कारण सवारी अवागमन ठप्प भएको छ ।

यात्रुलाई आधा घन्टा हिंडेर पहिरो कटाई अर्को सवारी साधनमा चढाएर गन्तब्यतर्फ पठाउने काम भइरहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage