scheduleमगलवार कार्तिक ४ गते, २०७७

भारतसँग कुटनीतिक पहल गरेर डुबानको समस्या हल गर्नुपर्छ : कांग्रेस सभापति

सिरहा, ३ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावितहरुलाई राहत बाँड्ने कार्य तीव्रताका साथ अघि बढाउनु पर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले राहत वितरणमा ढिलाइ गरेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । उनले शुक्रवार सिरहाको बाढी प्रभावित क्षेत्रमा नीरिक्षण गर्ने क्रममा पीडितलाई राहत चाँडै दिनुपर्ने बताए ।

यस क्रममा देउवाले कमला नदीको बाढीबाट प्रभावित सिरहा नगरपालिका ६ बसपिटा, वडा नम्बर १४ सुकचैना र गागन खोलाको बाढीबाट प्रभावित औरही गाउँपालिका २ तुलसीपुर गाउँ नीरिक्षण गरेका थिए ।

भविष्यमा बस्ती डुबान हुन नदिन सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल गर्नुपर्ने समेत देउवाको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay