scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

अल्जेरियाले उचाल्यो अफ्रिकन कपको उपाधि


एजेन्सी, ४ साउन । अफ्रिकन कप अफ नेसन्सको उपाधि अल्जेरियाले उचालेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरिया दोस्रो पटक च्याम्पियन बनेको हो ।

दोस्रोपटक उपाधि उचाल्नको लागि खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो । एक गोल गरेर सुरुवाती अग्रता लिएपछि अल्जेरियाले रक्षात्मक खेल खेल्यो र सेनेगललाई गोल गर्ने अवसर नै सिर्जना गर्न दिएन ।

खेलको दोस्रो मिनेटमा बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । पहिलो उपाधि जित्ने दाउमा रहेको सेनेगलका लागि भिडियो असिस्टेन्ट रेफ्री बाधक बन्यो । दोस्रो हाफमा रेफ्रीबाट पेनाल्टी पाए पनि रेफ्रीले पछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै निर्णय परिवर्तन गरेका हुन् ।

खेल अवधिभर आक्रामक बनेपछि सेनेगलले अवसरको यथोचित उपयोग गर्न सकेन । यसअघि १९९० मा पनि अल्जेरियाले उपाधि उचालेको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage