scheduleशनिवार भाद्र ७ गते, २०७६

मह काढ्न रुख चढ्दा गयो हिरोको ज्यान


टीकापुर, ४ साउन । माहुरीको मह काढ्न रुख चढेका कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका ३३ वर्षे हिरो बिष्टको ज्यान गएको छ । शुक्रबार माहुरीको मह काढ्ने क्रममा रुखबाट लडेर उनको ज्यान गएको हो ।

मोहन्याल गाउँपालिका–७ मा रहेको जंगलमा मह काढ्नेक्रममा जंगली माहुरीले टोक्दा रुखबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

रुखबाट लडेर घाइते भएका विष्टलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यू भएको हो । उनलाई मह काढिसकेपछि रुखबाट ओर्लनेक्रममा माहुरीले टोकेको प्रत्यक्षदर्शीले बताएका छन् । विष्टको शव पोष्टमार्टका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage