scheduleबुधवार कार्तिक २७ गते, २०७६

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह


बेइजिङ, ४ साउन । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

‘चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा भने। गेङले अमेरिकाको तेहरानमाथि प्रतिबन्धका माध्यमबाट ‘चरम दवाब’ र ‘लामो दूरीको हतियारमाथिको अख्तियारी’ नै इरान आणविक समस्याको विवादको ‘मुख्य कारक’ भएको बताए।

इरानी बेल्जियनी र चिनियाँ कम्पनीले इरानको ‘सेन्ट्रिफ्युज टेक्नोलोजी कम्पनी’का लागि प्रबन्ध सञ्जालका रूपमा काम गरेको र यसका कारण इरानी आणविक शक्ति सङ्गठनलाई हतियार निर्माणमा सहज भएको आरोप अमेरिकी वित्त मन्त्रालयले बिहीबार लगाएको थियो।

उक्त सञ्जाललाई इरानी कम्पनी बख्तर राद सेपाहन र यसका समुद्रपार रहेका सम्बद्ध कम्पनी तथा फर्मले नेतृत्व गरेको थियो। यसमा चिनियाँ कम्पनी, हेनान जियुआन आलुमिनियम उद्योग कम्पनी रहेका थिए र अमेरिकाले जियुआनमाथि पनि प्रतिबन्ध लगाएको छ। अन्य प्रतिबन्धित कम्पनीमा चीन र बेल्जियममा रहेका अग्रणी कम्पनीहरूसमेत रहेका छन् । एएफपी/रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage