scheduleआइतवार भाद्र ८ गते, २०७६

लथालिंग पुस्तकालय, सर्वसाधारणको पहुँच पनि कमजोर


काठमाडौं, ४ साउन । ‘पुस्तकालय ज्ञानको भण्डार हो।’ जर्मन कवि गोथेको यो भनाइले ज्ञानका लागि पुस्तकालय महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ। ‘ज्ञान नै शक्ति हो’ र ‘शक्तिको मुहान ज्ञान हो’ जस्ता भनाइ अधिकांश दार्शनिकको पुस्तकमा पढ्न पाइन्छ ।

‘वर्ल्ड बुक इन्साइक्लोपिडिया’ले संस्कृति र प्रविधिको विकासमा पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेको छ। नेपालमा पुस्तकालय खुल्ने क्रम तीव्र छ। निजी क्षेत्रबाट टोलटोलमा पुस्तकालय खुलेका छन् ।

कतिपय पुस्तकालयले पाठकको भोक मेटेका छन् भने कतिपय नाम मात्रैका छन्। कतिपय निजी पुस्तकालयमा सर्वसाधारणको पहुँच छैन। सर्वसाधारणको सहज पहुँचका लागि सरकारले काठमाडौंमा दर्जन बढी पुस्तकालय खोलेको छ। तर उचित संरक्षण र व्यवस्थापनमा चासो नदेखाउँदा अधिकांश पुस्तकालयको अवस्था दयनीय रहेको छ ।

राज्यको सम्पत्तिले खुलेका पुस्तकालयमा सर्वसाधारणको सहज पहुँच पुग्नै मुस्किल छ। २०७२ को भूकम्पले ढलेका राजधानीमा रहेका सार्वजनिक पुस्तकालयका संरचना अझै उठ्न सकेका छैनन् । भूकम्पले भत्किँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुराना पत्रिका तथा पुस्तक नष्ट हुने अवस्थामा छन् ।

पुस्तकालयप्रति राज्यको उदासीनताका कारण नाम चलेका अधिकांश पुस्तकालयको अवस्था कमजोर छ । सरकारी पुस्तकालयमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाह चुस्त छैन। कतिपय पुस्तकालय प्रमुखले सरकारले पुस्तकालयलाई महŒव नदिएको आरोप लगाउँछन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तस्बिरः अन्नपूर्ण पोस्ट

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage