scheduleआइतवार भाद्र ८ गते, २०७६

सङ्ग्रहालयमा चन्द्र चट्टानको आकर्षण

काठमाडौंँ, ४ साउन । आजभन्दा ५० वर्षअघि पृथ्वीका धेरै मानिसका लागि चन्द्रमा रहस्यको पिण्ड थियो । तर सन् १९६९ जुलाई २० का दिनदेखि भने चन्द्रमा रहस्यको पिण्ड रहेन । त्यो दिन अमेरिकी अन्तरिक्ष यात्रीहरू निल आर्मस्ट्रङ र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेपछि चन्द्रमा पृथ्वीजस्तै एक खगोलीय पिण्ड रहेको कुरा धेरैले पत्याए ।

यसपछि यसका भौतिक पक्षहरूबारे धेरै तथ्य बाहिर आइसकेका छन् । आजको दिनमा त्यहाँ जीवनको सम्भावना खोजीका अनेकौँ वैज्ञानिक परीक्षणसमेत भइसकेका छन् । चन्द्रमामा मानव पाइला पुग्नु खगोल विज्ञानकै सबैभन्दा महŒवपूर्ण उपलब्धिमध्ये एक हुन पुग्यो । त्यो ऐतिहासिक उपलब्धि अर्थात् चन्द्रमामा मानवले पाइला टेकेको आज ५० वर्ष पुगेको छ ।

सन् १९६९ जुलाई १६ का दिन एपोलो ११ नामक यान तीन जना यात्री बोकेर त्यति बेला चन्द्रमाका लागि प्रस्थान गरेको थियो । नील आर्मस्ट्रङ, एडविन अल्ड्रिन र माइकल कोलिन्स त्यस यानमा थिए । यानबाट पहिलो पटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ थिए । आर्मस्ट्रङ र अल्ड्रिन तीन घण्टा चन्द्रमाको सतहमा हिँडे । त्यतिन्जेल कोलिन्सले भने तस्बिर खिच्ने काम गरे ।

उनीहरूले चन्द्रमाको सतहबाट केही धुलो र चट्टान सङ्कलन गरी पृथ्वीमा समेत ल्याए । त्यही एपोलो–११ ले पृथ्वीमा ल्याएको चट्टानका केही टुक्रा नेपालमा पनि ल्याइयो । एपोलो मिसनका यी दुवै यानमार्फत ल्याइएको चट्टानका टुक्रा अहिले राष्ट्रिय सङ्ग्रहालय छाउनीमा छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ‘ऐतिहासिक भवन’को ग्यालरीमा प्रदर्शनीका लागि सजाए राखिएको छ– चन्द्र चट्टान । एपोलो–११ ले ल्याएको चट्टानका चारवटा टुक्रा वि.सं. २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । गोरखापत्र दैनिकमा शान्ति लामाले खबर लेखेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage