scheduleआइतवार भाद्र ८ गते, २०७६

नारायणीमा दशैँदेखि पानीजहाज

चितवन, ४ साउन । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिनुभयो । चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ ।

तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलले जानकारी दिनुभयो । बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारेका थिए । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन् ।

जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपियाँ लगानी भइसकेको कँडेलले बताउनुभयो । “सरकारले गएको आर्थिक वर्र्षमा एक करोड रुपियाँ सहयोग गरेको थियो, बाँकी चार करोड रुपियाँ हामी आफैँले लगानी गरेका छाँै’’, कँडेलले भन्नुभयो ।

‘‘चितवनका छ जना युवा मिलेर नयाँ काम गराँै भन्ने सोचेर यो काम गरेका हौंँ’’, उहाँले भन्नुभयो । उक्त पानीजहाज निर्माणमा कम्तीमा १५ करोड रुपियाँ खर्च हुने अनुमान छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि जहाज हिँड्ने बाटोसमेत अध्ययन गरेको कँडेलले बताउनुभयो ।

दैनिक १५० जनासम्म हेर्न आउने निर्माण हुँदै गरेको पानीजहाजको सुरक्षाका लागि बार लगाइएको छ । बाढीले क्षति नपुर्‍याओस् भनी आरसीसी पिल्लर निर्माण गरी सिक्रीले बाँधेर राखिएको छ ।

तीन सय जना अट्ने पानीजहाजमा रेस्टुरेन्ट, सानो सेमिनार हलसमेत निर्माण हुने निर्देशक कँडेलले जानकारी दिनुभयो । तीन घण्टाको यात्रा रहने यो जहाजको पर्यटन प्रवद्र्धन गरी मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । गोरखापत्र दैनिकमा शालिग्राम नेपालले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage