scheduleआइतवार भाद्र ८ गते, २०७६

जनजाती महासंघले गरेको बन्दले जनजीवन प्रभावित

काठमाडौं, ४ साउन । लोकसेवा आयोगको विज्ञापनलाई लिएर नेपाल आदिवासी जनजाती महासंघले आह्वान गरेको बन्दका कारण प्रदेश नं १ को जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण प्रदेश नं १ का विभिन्न जिल्लामा शनिबार बिहानैदेखि जनजीवन प्रभावित बनेको हो । बन्दसँगै सडकमा यात्रुबाहक सवारी साधन एकाध चलेका छन् भने बजार आंशिक खुलेका छन् ।

नेपाल आदिवासी जनजाती महासंघले संविधानको मर्म विपरीत गएर लोकसेवा आयोगले खोलेको विज्ञापनमा आरक्षण कोटा कटौती गरेको भन्दै शुक्रबार महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो ।

हालै लोकसेवा आयोगले स्थानीयतह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो  । उक्त विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै आएको छ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage