scheduleआइतवार भाद्र ८ गते, २०७६

अहेबको शव झुण्डिएको अवस्थामा भेटियो

सिमिकोट, ४ साउन । हुम्लामा एक स्वाथ्यकर्मीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

हुम्लाको सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्यर आचार्यको शब झुण्डिएको अवस्थामा भेटिएको हो । आचार्यको शव डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आचार्य काम विशेषले शुक्रबार सदरमुकाम सिमिकोट आएका थिए । उनी विगत २२ वर्षदेखि हुम्लामा कार्यरत थिए । ५७ वर्षे आचार्यले शुक्रबार बेलुका करिब साढेआठ बजेतिर झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage