scheduleशुक्रवार भाद्र ६ गते, २०७६

इरानले आफ्ना २ पानीजहाज नियन्त्रणमा लिएको बेलायतको आरोप

एजेन्सी, ४ साउन । बेलायतले आफ्ना तेल बोक्ने २ पानीजहाज इरानले नियन्त्रणमा लिएको बताएको छ ।

इरानी विशेष सुरक्षा बल रिलोलुसनरी गार्डले स्ट्रेट अफ होर्मुजमा आफ्नो पानी जहाज कब्जामा लिएको बेलायतले बताएको हो ।  बेलायती पानीजहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेकाले उक्त पानी जहाजलाई नियन्त्रणमा लिएको इरानको भनाइ छ ।

‘द स्टेना इमपेरो’ नामक तेल बोक्ने पानी जहाज स्ट्रेट अफ होर्मुजमा हिडिरहेको बेला इरानी सेनाले नियन्त्रणमा लिएको थियो । उक्त पानी जहाजले जलमार्गसम्बन्धी अन्तर्राष्ट्रिय कानुन पालना नगरेपछि इरानी डुंगा र हेलिकप्टरले कब्जा गरेका थिए ।

बेलायतको विदेशमन्त्रालयले समेत आफ्ना २ पानी जहाज इरानी सेनाले कब्जामा लिएको बताएको छ । शुक्रबार मात्रै तेल तस्कर गर्ने एक पानी जहाज नियन्त्रणमा लिएको इरानी सेनाले बताएको थियो ।

केही दिन पहिला बेलायती जल सेनाले जिब्राल्टरमा एउटा इरानी पानी जहाज कब्जामा लिएको थियो । सिरियामाथि लगाइएको प्रतिबन्धका बाबजुद अवैत्र  तरिकाले तेल ओसारेको आरोपमा उक्त पानीजहाज नियन्त्रणमा लिएको बेलायतको दाबी छ ।

नियन्त्रणमा लिइएको दोस्रो पानी जहाजमा चालक दलका २३ जना सदस्य रहेको समाचार माध्यमले जनाएका छन् ।

आफ्नो पानी जहाज कब्जामा परेको समाचार बाहिर आएपछि बेलायती विदेशमन्त्री जेरेमी हन्टले चिन्ता व्यक्त गर्दै तत्काल पानी जहाज फिर्ता गर्न इरानलाई  आग्रह गरेका छन् ।

‘इरानी सेनाले समाचारबाट म निकै चिन्तित छु’, हन्टले भने, ‘हामीलाई इरानको यो कदम अस्वीकार्य छ ।’

तर इरानको अर्धसरकारी समाचारमाध्यम तास्निमले भने ‘स्टेना इपेरो’लाई  इरानी सेनाले कब्जमा नलिएको जनाएको छ । केही चेतावनी दिएपछि उक्त पानीजहाजलाई आफ्नो गन्तव्यतिर जान दिइएको समाचारमा जनाइएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage