scheduleआइतवार भाद्र ८ गते, २०७६

जुवाको खालबाट १६ जना पक्राउ

भक्तपुर, ४ साउन । भक्तपुरमा जुवाको खालबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले जुवावातास खेलिरहेको बेला भक्तपुरका दुई स्थानबाट १६ जना पक्राउ  गरेको हो । सूर्यविनायक नगरपालिका–६ स्थित हरिबहादुर खड्काको घरबाट गए राति १० जना र सल्लाघारीबाट ६ जुवाडे पक्राउ परेका हुन् ।

प्रहरीले खड्काको घरबाट जुवाडेसहित नगद एक लाख ३३ हजार ३५० र ३४ लाख ३० हजारको विभिन्न बैंकहरुको ६ थान चेकसमेत बरामद गरेको छ । त्यस्तै भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ६७ हजार ८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage