scheduleआइतवार भाद्र ८ गते, २०७६

प्रलोभन देखाइ बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

ओखलढुंगा, ४ साउन । प्रलोभन देखाइ बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् ।

स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले घरमा कोही नभएका बेला ती बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मगरले गत असार ३० गते बालिकालाई प्रलोभन देखाइ शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage