scheduleबिहिवार भाद्र ५ गते, २०७६

विप्लव कार्यकर्ताद्वारा वडा कार्यालय तोडफोड

दैलेख, ४ साउन । विप्लव समूहका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका १ को वडा कार्यालय तोडफोड गरेका छन् ।

विप्लवका कार्यकर्ताले सात्तलामास्थित वडा कार्यालयमा शुक्रबार राति तोडफोड गरेका हुन् । तोडफोडबाट वडा कार्यालयका झ्याल र ढोकामा क्षति पुगेको छ ।

स्थानीयले कार्यालयको मुख्य ढोकाको ताला फोड्ने क्रममा देखेपछि ती कार्यकर्ता भागेका थिए । नजिकैको मेडिकलमा बिरामी लिएर गएका १५ जना स्थानीयले देखेपछि तोडफोड गर्न आएको समूह भागेको स्थानीयको भनाइ छ ।

कार्यलय परिसरबाट सल्लाको खोटोको कुल्पिसमेत भेटिएको छ । वडा कार्यालयमा आगो लगाउने उद्देश्यले  उक्त सामग्री ल्याएको हुन सक्ने आशंका गरिएको छ ।  विप्लवका कार्यकर्ताले कार्यालयको भित्तामा नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्यूरो भनेर प्रर्चा समेत टाँसेका छन् ।

अहिले दैलेखको सुरक्षा अवस्था कडा बनाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage