scheduleआइतवार भाद्र ८ गते, २०७६

तीन वर्षपछि पनि राहत कुरिरहेछन् भूकम्पपीडितहरु

फाइल फोटो

काठमाडौं, ४ साउन । गोरखा भूकम्पको ३ वर्ष पूरा हुँदा पनि भूकम्प प्रभावितहरू अझै पालमुनि बस्न बाध्य भएका छन् । सरकारले दिने राहत रकमको प्रतिक्षामै कतिपयको दिन बितिरहेको छ भने कतिपय भूकम्प प्रभावित बस्ती स्थानान्तरणको अपेक्षामा छन् ।

अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अझै ६ सय २४ घर पुननिर्माण हुन बाँकी छ । पुनर्निर्माण नगरिँदा जोखिमयुक्त स्थानमा दिनरात बिताउनुपर्दा त्रास उत्पन्न हुने गरेको मेलम्ची नगरपालिका ५ का प्रेमबहादुर रोकाले बताए ।

सरकारले दिने आर्थिक सहायता पाउने लाभग्राही सूचीमा नाम नभएका कारण पनि भूकम्प प्रभावित अन्यौलमा परेका छन् । धादिङको नीलकण्ठ नगरपालिका १२ साङकोशका सेतीमाया श्रेष्ठले सकसपूर्ण जीवन बिताउनुपरेको गुनासो सुनाए ।

सरकारले भने भूकम्प प्रभावित ३२ जिल्लामा गुनासो सुनुवाइ र जोखिममा रहेका बस्ती स्थानान्तरणको काम तीब्र गतिमा भइरहेको दावी गरेको छ । गुनासो सुनुवाइबाट १ लाखभन्दा धेरै सङख्यामा लाभग्राही थपिएका र २ सय ७२ वटा बस्ती सार्नुपर्ने विज्ञको समूहले निष्कर्ष निकालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सीआईएनसँग बताए ।

प्राविधिकका कारण लाभग्राही सूचीमा पर्नबाट कोही वञ्चित भएको भए ती समस्या समाधानको प्रक्रिया पनि चाँडै सुरु गरिने प्राधिकरणले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage