scheduleबिहिवार भाद्र ५ गते, २०७६

रुद्राक्ष बेचेर बार्षिक ४ लाखसम्म आम्दानी


अछाम, ४ साउन । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ४ का भवान सिंह धामीले व्यवसायिक रुपमा रुद्राक्षको खेती गर्दै आएका छन् । उनले रुद्राक्ष बेचेर बार्षिक ४ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

भवान सिंह धामीले २०५८ सालमा परीक्षणका लागि पोखराबाट ल्याएर दुईवटा रुद्राक्षका बिरुवा रोपेका थिए । अहिले उनको घरबारीमा रुद्राक्षका २५ बोट छन् ।

अछाममा व्यवसायिक रुपमा रुद्राक्ष व्यवसाय गर्नेहरु धेरै नभएपनि उनको रुद्राक्ष व्यवसाय भने फस्टाउँदै गएको छ । धामीले सदरमुकाम मंगलसेनमा पसल सञ्चालन गरेरे आफूले उत्पादन गरेको रुद्राक्षको व्यापार गर्दै आएका छन् ।

रुद्राक्षको मुल्य सरकारी स्तरबाटै निधारण गरेको छ । १ देखी १४ मुखिसम्मको रुद्राक्ष सर्वसुलभ रुपमा उपलब्ध हुन्छन् । एकमुखी र नौं मुखी रुद्राक्ष दुर्लभ मानिन्छ । यसको बजार भाउ पनि राम्रो रहेको व्यवसायीहरु बताउँछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage