scheduleआइतवार भाद्र ८ गते, २०७६

डुबेर दिदीबहिनीको मृत्यु

रौतहट, ४ साउन । पानी जमेको खाल्डोमा डुबेर रौतहटमा २ जना बालिकाको ज्यान गएको छ ।

बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटको देवाही गोनाही नगरपालिकाका २ दिदीबहिनीको ज्यान गएको हो ।

लालबकैया नदीको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुबै दिदीबहिनी बाख्रा चराउन गएका बेला गर्मीका कारण खाडलमा नुहाउन पसेका थिए । सोही क्रममा उनीहरु डुबेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage