scheduleआइतवार भाद्र ८ गते, २०७६

धोनी वेस्ट इन्डिजविरुद्धको सिरिजमा सहभागी नहुने

एजेन्सी, ४ साउन । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले वेस्ट इन्डिजविरुद्धको सिरिज नखेल्ने बताएका छन् ।

आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्ने भारतीय टोलीको नामावली चयन हुनुपूर्व धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई आफूले उक्त सिरिजमा भाग नलिने जानकारी गराएको समाचारमाध्यमले जनाएका छन् ।

भारतीय सेनाको पारासुट रेजिमेन्टका मानार्थ कर्णेल धोनीले आगामी दुई महीना रेजिमेन्टका साथ बिताउने भन्दै टोलीमा आफूलाई सहभागी नगराउन सूचित गरेको बताइएको छ ।

बीसीसीआईका अधिकारीले धोनीले नखेल्ने भनेर जानकारी गराएको पुष्टि गरेका हुन् । धोनीले आफ्नो यो तालिकाबारे बीसीसीआईलाई पहिल्यै जानकारी गराएको पनि अधिकारीले बताएका छन् ।

यति बेला विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको भनेर धोनीको विरोध भइरहेको छ । विश्वकपमा सुस्त गतिमा रन बनाएको र आफ्नो भूमिकामा पूर्ण न्याय नगरेको भन्दैं धोनीले अब सन्न्यास लिनुपर्ने केही आलोचकको मत छ ।

तथापि, धोनी भारतका लागि सबैभन्दा सफल कप्तान मानिन्छन् । उनकै कप्तानीमा भारतले सन् २०११ मा दोस्रोपटक विश्वकपको उपाधि हात पारेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage