scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME Bank

अबदेखि १८ देखि ३५ वर्षका व्यक्ति मात्रै युवाको रुपमा गनिने

काठमाडौं, ४ साउन । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्ष हुने प्रस्ताव गरिएको छ ।

विद्यमान ऐनमा १६ देखि ४० वर्षका व्यक्तिलाई युवा भनेर परिभाषित गरिएको छ तर यसमा ५ वर्ष घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा ५ वर्ष कम गरेको परिषदको भनाइ छ । अन्य मुलुकमा ३५ वर्षभन्दा माथिका व्यक्तिलाई युवाको कोटीमा नराखिएको र नेपालमा समेत सोही नियम लागू गर्न लागिएको हो ।

नेपालमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका भनिएको  र अठार वर्ष पुगेकालाई मतदानको अधिकारसमेत दिइने भएकाले १८ वर्षदेखि माथिदेखि नै युवाका लागि प्रस्ताव गरिएको हो ।

नेपालमा १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई युवाको उमेर मान्दा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवाको रहेको छ ।

यही भएर अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर नेपालमा पनि ३५ वर्षसम्म बनाउन थालिएको हो । अन्य देशमा पनि युवाको उमेरलाई ३५ वर्ष मान्ने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घले १५ देखि २९ वर्षसम्मका लागि युवा भनी परिभाषित गरेको छ । छिमेकी मुलुक भारतमा १६ देखि ३२ वर्षलाई युवा भनी परिभाषित गरिएको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage