scheduleआइतवार भाद्र ८ गते, २०७६

दिल्लीकी पूर्व मुख्यमन्त्री दीक्षितको निधन

एजेन्सी, ४ साउन । दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ । ८१ वर्षको उमेरमा शनिबार अस्पतालमा उपचारको क्रममा दीक्षितको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मुटुको समस्या भएकी उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा दीक्षितको निधन भएको हो ।

तीनपटक दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी दीक्षित कांग्रेसकी नेत्री थिइन् । उनले १५ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage