scheduleसोमवार भाद्र २ गते, २०७६

आसैआसमा बितेका रमिताको १९ वर्ष

कैलाली, ५ साउन । कैलारी गाउँपालिकास्थित मिलनपुर मुक्त कमैया शिविरमा बस्दै आएकी रमिता चौधरीलाई सरकारले परिचयपत्र दिएको छ । उनलाई मुक्त कमैया परिचयसहितको कार्ड दिएको छ ।

तर, अहिलेसम्म उनले बसोबासका लागि अधिकारिक रुपमा जमिन पाएकी छैनन् । उनी जंगलछेउको मुक्त कमैया शिविरमा टहरोमा बसेकी छन् ।

‘सरकारले परिचयपत्र त दियो तर जमिन दिएको छैन’, उनले दुखेसो पोखिन्, ‘जमिन पाउने आसैआसमा कमैया मुक्ति घोषणाका १९ वर्ष बिते, अझै आइएन ।’

उनीहरु मात्रै होइन, मुक्त कमैया परिचयपत्र पाएका कैलालीका ३६४ परिवारले अहिलेसम्म घरबासका लागि जमिन पाउन सकेका छैनन् । नागरिक दैनिकमा पुष्पराज जोशीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage