scheduleआइतवार भाद्र ८ गते, २०७६

छात्रवृत्तिका लागि मोलमोलाई


काठमाडौँ, ५ साउन । निजी विद्यालयहरूले अभिभावकसँग गर्ने गरेको मोलमोलाइलाई नै छात्रवृत्तिका रूपमा गणना गर्ने गरेको पाइएको छ ।

गुणस्तरका नाममा अभिभावक तथा विद्यार्थीहरू निजी विद्यालयतर्फ आकर्षित बनेका छन् तर त्यहाँको शुल्क चर्काे छ । छुट माग्नका लागि भन्न आँट गर्नसक्ने वा पहुँच हुने अभिभावकले विद्यालय सञ्चालकहरूसँग भर्ना शुल्कमा मोलमोलाइ गर्ने गरेका छन् । विद्यालयले त्यस्ता विद्यार्थीलाई दिइएको छुटलाई नै छात्रवृत्तिको परिभाषामा पार्ने गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुख तारापति खरेलका अनुसार महानगरपालिकाले पाँच प्रतिशत कोटामा विद्यार्थी छनोट गरी छात्रवृत्तिको व्यवस्थापन गर्ने र बाँकी पाँच प्रतिशत कोटामा सम्बन्धित विद्यालय आफैले परीक्षा लिएर वितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

उहाँले भन्नुभयो, “छात्रवृत्ति कोष बनाएर वितरण गर्ने योजना बनेको थियो तर कार्यान्वयन हुनसकेन, त्यसैले विद्यालयहरूले इच्छाअनुसार छात्रवृत्ति वितरण गर्ने गरेका छन् । ” यहाँका कुनै पनि विद्यालयहरूले परीक्षा लिएर छात्रवृत्ति वितरण गरेका छैनन् । सबै विद्यालय सञ्चालकले आफ्नो तजबिजमा छात्रवृत्तिका नाममा छुट दिने गरेका छन् ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले निःशुल्कमा अध्ययन गर्न पाउने स्पष्ट व्यवस्था छ तर निजी विद्यालयका सञ्चालकहरूले प्रायः २० देखि ५० प्रतिशतसम्म छुट दिएका छन् । छात्रवृत्ति पाउने विद्यार्थीले प्रयोगशाला र परीक्षा शुल्क मात्र तिर्नुपर्ने हुन्छ । गोरखापत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage