scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

मैत्रीपूर्ण खेलमा पीएसजी रोकियो


एजेन्सी, ५ साउन । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु टोली नर्नवर्गसँग बराबरीमा रोकिएको छ ।

जर्मनीमा शनिबार राति भएको नयाँ सिजनअघिको मैत्रीपूर्ण खेलमा पीएसजी नर्नवर्गसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा पीएसजीले अग्रता लिए पनि दोस्रो हाफको उत्तरार्धतिर नर्नवर्गले पीएसजीलाई रोक्न सफल भएको हो । खेलको ४३औं मिनेटमा पाब्लो सारावियाको गोलबाट पीएसजीले अग्रता लिएको थियो । खेलको ७१औं मिनेटमा इनरिको भालन्टिनीले पेनालटीमा गोल गर्दै पीएसजीलाई बराबरीमा रोकेका हुन् ।

पीएसजीबाट केलियन एमबाप्पे पनि गोलरहित रहे । चोटका कारण नेयमार भने मैदान बाहिर नै छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage