scheduleआइतवार भाद्र ८ गते, २०७६

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


बारा, ५ साउन । बारामा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट जबरजस्ती करणीको आरोपमा प्रहरीले ३१ वर्षका हिरामान मोक्तानलाई पक्राउ गरेको हो ।

उपमहानगरपालिका १६ टाङियाबस्तीका ११ वर्षका बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेपछि मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई घरमै लगेर जबरजस्तीकरणी गरेको पीडितका आमाले बताएकी छिन् ।

मोक्तानले पीडित बालिकामाथि पटक–पटक करणी गर्दै आएको पीडित बालिकाले बताएकी छिन् । मोक्तानलाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage