scheduleआइतवार भाद्र ८ गते, २०७६

गर्भपतनका कारण युवतीको मृत्यु, अवैध सम्बन्ध राख्ने व्यक्ति पक्राउ

काठमाडौं, ५ साउन । पर्सामा असुरक्षित गर्भपतनका कारण युवतीले ज्यान गुमाएकी छन् ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको हो। शर्माले आफू खुशी भारत रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित रुपमा पतन गराउने क्रममा बिरामी भएकी थिइन्।

शर्माको अवस्था गम्भीर भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । उपचारका क्रममा नै उनको ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले अबैध सम्बन्ध राखी शर्मालाई गर्भवती बनाएको आरोपमा सोही ठाउँका सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको छ।अवैध यौन सम्बन्धबाट गर्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई गर्भपतन गराउन खोजेका थिए।

हाल मृतक युवतीको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ। पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्‍य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage