scheduleआइतवार भाद्र ८ गते, २०७६

गोली लागी असई घाइते, गाँजा तस्कर पक्राउ

काठमाडौं, ५ साउन । मकवानपुरको मनहरीमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी अधिकृत घाइते भएका छन् ।

गएराति गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको थियो । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । असई थापको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मनहरी-९ स्थित राप्तिखोलामा ५ जना गाँजा तस्कर रहेको र पक्राउ गर्न खोज्दा तस्करको समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो ।

प्रहरीले असई थापामाथि गोली प्रहार गर्ने कुमार स्याङतानलाई पक्राउ गरेको छ । स्याङतानको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य ४ जना भने फरार छन् । मकवानपुर प्रहरीले आज (आइतबार)  दिउँसो पत्रकार सम्मेलन गरेर  घटनामा संलग्नलाई सार्वजनिक गर्दैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage