scheduleशनिवार आश्विन ४ गते, २०७६

१७ वर्षीय किशोरको साथबाट २ किलो सुन बरामद

फाइल तस्बिर

काठमाडौं, ५ साउन । अबैध रुपमा लुकाइछिपाइ ल्याएको करिब २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी बृत्त थानकोटले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रोबेशी घर भएका १७ वर्षीय भिम बहादुर तामाङ रहेका छन् । उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा भैरहवाबाट काठमाण्डौतर्फ आउँदै गरेको लु.२ ख ६५२ नम्बरको यात्रु बाहक बसलाई चेक जाँचको क्रममा दुई केजी सुनसहित पक्राउ गरिएको बताए ।

प्रहरी प्रमुख थापका अनुसार तामाङलाई चेक जाँच गर्ने कम्बरमा बाँधी ६ से.मि. लम्बाई र ११ से.मि. मादल जस्तो गोलाई भएको सुनसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

तामाङ रसुवाबाट गल्छी हुँदै भैरहवाबाट काठमाण्डौ आउने गाडी चढेका थिए । प्रहरीले सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage