scheduleआइतवार भाद्र ८ गते, २०७६

नेकपाले टुंगो लगायो जिल्ला इन्चार्ज र सहइन्चार्ज (नामावलीसहित)

काठमाडौं, ५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिको हैसियतमा रहने ६ वटा महानगर पालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।  तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सहइञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सहइञ्चार्ज रहेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी पाएका छन् ।

आजको बैठकले विभागको नेतृत्व टुंगाउने भनेपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेपछि मंगलबार पुनः छलफलमा बसेर टुंगोमा पुगिने जनाइएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage