scheduleबुधवार भाद्र ४ गते, २०७६

छोराले प्रहार गरेको हँसियाबाट बाबुको मृत्यु, आमा गम्भीर घाइते

धनगढी, ६ साउन । कैलालीमा छोराले प्रहार गरेको हँसियाबाट बाबुको ज्यान गएको ।
कैलालीको घोडाघोडी नगरपालिका–११ मा छोराले हँसिया प्रहार गरि बाबुको हत्या गरेका हुन् । हँसिया प्रहारबाट आमा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै हँसिया प्रहारबाट रावतकी आमा नन्दा गम्भीर घाईते भएकी छन् । उनलाई आइतबार राति नै कोहलपुर रेफर गरिएको छ

उक्त नगरपालिकाको वडा नम्वर ११ सिसैयाका ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बाबु काल्चे रावतमाथि हँसिया प्रहार गरेका थिए । आइतबार राति बाबु-छोराबीच घरायसी झगडा हुँदा उदेले बाबुको टाउकोमा हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट छोराले सधै मदिरा सेवन गर्ने र बाबुले मदिरा सेवन नगर भनेर सम्झाउँदा हँसिया प्रहार गरेको खुलेको छ ।  छोरा हाल प्रहरीको नियन्त्रणमा छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage