scheduleशनिवार आश्विन ४ गते, २०७६

मोबाइल पसलको ताला फोरेर चोरी गर्नेमा २ बालक

दैलेख, ६ साउन । दैलेख सदरमुकाममा गत बिहीबार राति भएको चोरीमा २ जना बालक संलग्न रहेको प्रहरीले जनाएको छ ।

सदरमुकामस्थित‍ एक पसलबाट २ जना बालकले मोबाइल तथा पैसा चोरेको प्रहरीले जनाएको हो ।

नारायण नगरपालिका-१ पुरानो बजारमा रहेको युनिर्भसल मोबाइल पसलमा ताला फोडेर चोरी गर्नेमा सोही नगरपालिका-१ एकान्तकुनाका १३ वर्षीय किरण थापा र वडा ८ तर्ताङ्गका १५ वर्षीय सन्दिप गुरुङ संलग्न रहेको प्रहरीले जानकारी दिएको छ।

थापा र गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेका थिए । हाल दुवै बालकलाई अभिभावकको जिम्मा लगाई दैनिक प्रहरी कार्यालयमा उपस्थित गराउने गरिएको छ।

युनिभर्सल मोबाइल पसलमा गत बिहीबार राति चोरी भएको थियो । पसल मालिक देवकुमार तारामी मगरले प्रहरीमा दिएको उजुरी अनुसार ७९ थान मोबाइलसहित २ लाख ३० हजार रुपैयाँ चोरी भएको हो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage