scheduleआइतवार भाद्र १ गते, २०७६

बसले ठक्कर दिँदा माइक्रो खोलामा खस्यो, १३ जना घाइते

काठमाडौं, ६ साउन । धादिङमा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खसेको र उक्त दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जानकारी दिएको छ ।

प्रहरीले बसका चालक नवलपरासीको बर्दघाट नगरपालिका-७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई  नियन्त्रणमा लिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage